| आइतवार, कार्तिक २२, २०८३

डा. सन्दुक रुईतको टोलीले चुमनुब्रीमा आँखा शिविर गर्ने

दरौंदी : आँखा विशेषज्ञ डाक्टर सन्दुक रुईतको टोलीले गोरखाको चुमनुब्री गाउँपालिकाको विभिन्न ठाउँमा निशल्क अाँखा शिविर गर्ने भएको छ ।
तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सामा डेभलपमेन्ट फाउण्डेसनले शिविर गर्न लागेको हो । जसअनुसार बिहीमा जेठ ८ गते, प्रोकमा जेठ ९ गते, सामागाँउमा जेठ १२ गते , साम्दोमा जेठ ११ गते र ल्होमा जेठ १४ र १५ गते निशुल्क आँखा शिविर हुने तिलगंगा आँखा अस्पतालका अर्थोअप्टीक्स सरोज देवकोटाले जानकारी दिए ।

शिविरमा आँखाको साधारण जाँच, औषधि वितरण, मोतियाविन्दु तथा आँखामा मासु पलाएको पनि शल्यक्रिया गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्