| आइतवार, कार्तिक २२, २०८३

महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बालविकास सहजकर्ता सम्मानित

दरौंदी : गोरखाका महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बाल विकासका सहजकर्ताहरुलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ले जिल्लाका ११ जना महिला स्वास्थ्य स्वयंसेविका र ११ जना बालविकासका सहजकर्ता गरी २२ जनालाई सम्मान गरेको हो । महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास का सहजकर्तालाई जिल्ला स्वास्थ्य कार्यालय गोरखामा शुक्रबार औपचारीक कार्यक्रको आयोजना गरी सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।
सम्मानित हुने महिला स्वास्थ्य स्वंयसेविकामा पार्वती अर्याल, राममाया श्रेष्ठ, चन्द्रकुमारी राना, कृष्णकुमारी ढकाल, हिरा गुरुङ, मन्जु धमला, रश्मिता चेपाङ, पुर्णिमाया सुनार, कमला लामिछाने, धेजेन लामा र सिता श्रेष्ठ छन् । यस्तै, सम्मानित हुने बालविकास सहजकर्तामा शर्मिल बस्नेत, विमला बानिया, सुशीला देवकोटा, प्रभा भट्ट, विन्दु देवकोटा, सावित्रि तिमिल्सीना, सानुमाया गुरुङ, चिदिमाया गुरुङ, इन्द्रा देवकोटा, सितल गुरुङ र मिना श्रेष्ठ छन् ।


दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेका स्वयंसेवीका र अत्यन्तै कम तलबमा अध्यापन गराइरहेका प्रारम्भिक बालविकासका सहजकर्तालाई प्रोत्साहन गर्न सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकालले बताए । जिल्लाको ११ वटै स्थानिय तहका महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बाल विकासका सहज कर्ताहरुलाई छनोट गरेर सम्मान गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका नानीबाबु दानी, विरबहादुर श्रेष्ठ, प्रारम्भिक बालविकास सहजकर्ता विन्दु देवकोटा, महिला स्वास्थ्य स्वयंसेविका पार्वती अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्