
गोरखामा सुरक्षित खानेपानी र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा अभियान सुरु
गोरखामा सुरक्षित खानेपानी र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा अभियान सुरु भएको छ । युनिसेफको आर्थिक सहयोग तथा संघीय र स्थानीय सरकारको समन्वयमा कोस्डर गोरखाले अभियान सुरु गरेको हो ।
अभियान अन्तरगत शुक्रबार र शनिवार सिरानचोक, आरुघाट र शहिद लखन गाउँपालिकाका प्राविधिक, सञ्चार अधिकृत र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको छ । तालिममा खानेपानी विभागका केन्द्रिय प्रयोगशालाका पानी परीक्षक विशेषज्ञ किशोर पाण्डेले सहजिकरण गरेका थिए ।
आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहालको प्रमुख आतिथ्यता र उपाध्यक्ष कल्पना नेपालिको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तालिम सकिएपछि सुरक्षित खानेपानी र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा अभियान सुरु गर्ने कोष्डरका कार्यकारी निर्देशक काजीराम रोकाले जानकारी दिए ।




