| आइतवार, कार्तिक २२, २०८३

महिला स्वास्थ्य स्वंय सेविकालाई प्रोत्साहन भत्ता

दरौंदी : पालुङटार नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिएको छ ।
नगरपालिकाभित्रका ६५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बार्षिक जनही १२ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको ब्यबस्था गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र गिरीले जानकारी दिए।
महिला स्वास्थ्य स्वंयसेविकालाई बार्षिक रुपमा जनही १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने नगरपालिकाको निति तथा कार्यक्रम अन्तरगत सात लाख असि हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बर्षमा दुई पटक भत्ता उपलब्ध गराउने निर्णय अनुसार प्रथम अर्ध वार्षिक रकम बितरण गरिसकेको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए। स्वस्थ्य र निरोगी समाज निर्माणका लागि महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै चालु आर्थिक बर्षबाट प्रोत्साहन भत्ता दिन थालेको मेयर दीपक बाबू कंडेलले जानकारी दिए।
महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु रक्षाका लागि विभीन्न काम गर्छन् । सुरक्षित प्रसूति सेवाको लागि सल्लाह तथा परामर्श, बालबालिकालाई खोप, भिटामिन ए तथा जुकाको औषधी खुवाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिका तथा गर्भवतीको कुपोषण, पाखुरा नाप जाँच,परिवार नियोजनको अस्थायी साधन बितरण लगायत स्वास्थ्य शिक्षा तथा आधारभुत सेवा दिदै आएका छन।

प्रतिक्रिया दिनुहोस्