| आइतवार, कार्तिक २२, २०८३

बुङ्कोट स्वास्थ्यचौकीमा दन्तरोग विशेषज्ञद्वारा उपचार

सहिदलखन गाउँपालिका वडा नं. ७ र ८ को कार्यालयको अग्रसरता र जिल्ला अस्पताल गोरखाको सहयोगमा बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार दन्तरोग विशेषज्ञ शिविर सम्पन्न भएको छ । शिविरमा दन्तरोग विशेषज्ञ शिलु अर्यालको टोलीले स्थानीयबासीको दन्त परीक्षण तथा उपचार सेवा दिएका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । शिविरमा विशेषज्ञ अर्यालको टोलीले ३६ जना बिरामीको दन्त परीक्षण तथा उपचार गरेका थिए ।
उनीहरुमध्य सात जनाको दाँत निकालिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
वडा कार्यालयको सक्रियतामा हरेक शुक्रबार विभिन्न रोगको विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा उपचार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्