| आइतवार, कार्तिक २२, २०८३

सहिद लखनमा पशुस्वास्थ्य शिविर

दरौंदी : सहिद लखन गाउँपालिका २ डाडाँगाउँमा निशुल्क पशु स्वास्थ्य शिविर भएको छ । भेट नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले गाउँपालिकासँगको समन्वयमा शिविर गरेको हो । शिविरमा १३ सय ६३ पशु चौपायाको स्वास्थ्य परिक्षण गरिएको विज्ञकेन्द्रका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार ४८ गाई, ५३ गोरु, २६ भैसी, ५ सय ३२ बाख्रा , ३ सय ५२ कुखुरा र ३ कुकुरको स्वास्थ्य परिक्षण गरिएको उनको भनाई छ । शिविरमा ५४ घरधुरीका किसान ले लाभ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्