| आइतवार, मंसिर १३, २०८३

चार विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

जिल्लाको सिरानचोक र अजिरकोट गाउँपालिकाको चार विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले संयुक्त रूपमा दुई पालिकाका दुईसय ६६ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

सिरानचोक–८ स्थित परोपकार आदर्श मावि, सत्यवती प्रावि र फिनाम आविका विद्यार्थीहरुलाई जाडोमा लाउने ट्रयाक सुट तथा शैक्षिक सामाग्री वितरण गरिएको हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकालले बताइन् । यस्तै, अजिरकोट ४ सिम्जुङको चन्द्रकला प्राविका विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको उनले जानकारी दिइन् । ‘आजका विद्यार्थी एवं बालबालिकालाई गरिएका लगानीले भविष्यमा समाज र देशको मुहार फेरिने भएकाले हामीले बालबालिकाको क्षेत्रमा सहयोग पु¥याउँदै आएका छौँ’, ढकालले भनिन् ।

फाउण्डेशनकी अध्यक्ष राधा सापकोटा ढकाल र कार्यकारी सदस्य अनिशा अधिकारीले स्थानीय वडाअध्यक्षहरु तथा विद्यालयका प्रधानध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्