
आरुघाटमा दोस्रो शैक्षिक मेला सम्पन्न
जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र भनेर चिनिने आरुघाटमा दोस्रो शैक्षिक मेला सम्पन्न भएको छ । आरुघाट गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको शैक्षिक मेला बिहिबार सम्पन्न भएको हो । विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश शर्माले जानकारी दिए ।
मेलाको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उद्घाटन गरेका थिए ।
मेलामा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरेन्द्रजंग थापा पनि सहभागी थिए । शैक्षिक मेलामा शैक्षिक प्रदर्शनी आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । साथै कविता वाचन, चित्रकला प्रतियोगिता लगायतका प्रतिभा प्रस्फुटनका कार्यक्रमहरु आयोजना गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ठ स्थान हासिल गरेका शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको शर्माले जानकारी दिए ।




