| शुक्रबार, मंसिर ११, २०८३

देवलका ८३ घरलाई फिलिममा स्थानान्तरण गरिदै

पहिरो पीडित चुमनुब्री–३ देवल गाउँका ८३ घरधुरीलाई फिलिममा स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले देवलवासी पहिरो पीडितलाई स्थानान्तरण गर्न राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

शर्माका अनुसार कार्यालयले बिहिबार मात्र देवलका पहिरो पीडितलाई फिलिमको सार्वजनिक जग्गामा स्थानान्तरण गर्न प्राधिकरणमा सिफारिस गरेको हो । ‘प्राधिकरणले यस विषयमा शुक्रबार नै केही निर्णय गर्छ’, उनले भने । यसअघि चुमनुब्री गाउँपालिकाले पहिरो पीडित देवलका ८३ घरधुरीका वासिन्दालाई फिलिमको सार्वजनिक जग्गामा स्थानान्तरण गर्न सहमति दिने निर्णय गरी प्रक्रिया अघि बढाउन जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

पहिरोको उच्च जोखिममा रहेको देवलमा गत जेठ २८ गते भूगर्भविद्हरुको टोलीले स्थलगत अध्ययन गरेका थिए । अध्ययनपछि भूगर्भविदहरुले देवल गाउँलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्