
गोरखामा महिला, बालबालिका र अपाङ्गतासम्बन्धी काम गर्ने संस्थासँग समन्वय बैठक सम्पन्न
गोरखामा महिला, बालबालिका र अपाङ्गतासम्बन्धी काम गर्ने संघ संस्थासँग समन्वय बैठक सम्पन्न भएको छ । एकीकृत सेवा कार्यालय गोरखाको आयोजनामा जिल्लास्तरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूसँग समन्वय बैठक सम्पन्न भएको हो ।
बैठकमा जिल्लामा सञ्चालनमा रहेका कार्यक्रमहरू, एकअर्कासँगको समन्वय र दोहोरोपन हटाउने विषयमा छलफल गरिएको कार्यालय प्रमुख दश्रथ शर्माले जानकारी दिए । त्यस्तै महिला हिंसा न्यूनीकरण, बालबालिकाको संरक्षण र शिक्षा, ज्येष्ठ नागरिकको सम्मान र सेवाका विषयमा सोही क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुले बैठकमा तर्क गरेका थिए ।
सहभागीहरुले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र, सुविधा र पहुँच, तथा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकार र समावेशीकरणका विषयमा पनि छलफल गरिएको प्रमुख शर्माले बताए । उनका अनुसार सहभागीहरुले आगामि दिनमा सबै संस्था मिलेर योजना बनाएर काम गर्ने, सूचना आदानप्रदान गर्ने र लक्षित वर्गलाई छिटो र प्रभावकारी सेवा दिने गरि सहमति समेत जनाएको छ ।
कार्यालयका प्रमुख दशरथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका, जिल्ला समन्वय समिति, पद्धति विकास सेवा केन्द्र, एकल महिला समूह, गोरखा नेत्रहीन संघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




