| सोमवार, मंसिर ७, २०८३

बालमन्दिरका दुईसय बढि विद्यार्थीलाई ट्रयाक सुट वितरण

एक सामाजिक संस्थाले गोरखा सदरमुकामस्थित बालमन्दिर माविका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । काठमाडौंस्थित रुमाहेदी फाउण्डेशन नेपालको समन्वयमा स्टिचिङ प्रोजेक्शन इन नेपाल नामक संस्थाको सहयोगमा सो विद्यालयका दुईसयभन्दा धेरै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो ।

लायन्स क्लव अफ नेपाल हाइलाइट्सको अगुवाइमा विद्यालयका अनाथ तथा दुर्गमभेगबाट पढ्न आएका दुईसय भन्दा धेरै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । क्लवका अध्यक्ष विनोद सँडौलाको नेतृत्वको टोलीले बालमन्दिर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ट्रयाकसुट हस्तान्तरण गरेका प्रधानाध्यापक भार्गववावु पाण्डेले जानकारी दिए ।

धार्चे, बारपाक सुलिकोट, चुमनुब्री लगायतका दुर्गम भेगबाट पढ्न आएका कमजोर आर्थिक स्रोत भएका अभिभावकका बालबालिकालाई जाडोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरेकामा प्रअ पाण्डेले संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्