
गोरखाका सबै पालिकाका वेभसाइट दुईसातादेखि बन्द
गोरखाका सबै पालिकाका वेभसाइटहरु दुईसातादेखि बन्द रहेका छन् । जिल्लाका ११ वटै पालिकाका वेभसाइटहरु दशैंदेखि बन्द रहेका हुन् । वेभसाइट बन्द हुँदा चौतर्फी समस्या भएको पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको भनाइ छ ।
‘दशैँपछि कार्यालय खुलेदेखि वेभसाइट खुलेको छैन । सूचना प्रकाशित गरिरहनु पर्छ । पालिकाका निर्णयहरु, पालिकाले गरेको कार्य प्रगतिहरु प्रकाशित गरिरहनु पर्छ तर, वेभसाइट खुल्दैन’, सहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापाले भने, ‘हाम्रा सूचनाहरु, निर्णय तथा अन्य गतिविधिहरु फेसबुकबाट मात्र प्रकाशन गर्नु परिरहेको छ ।’ सामाजिक सञ्जाल वेभसाइट जत्तिको आधिकारिक र भरपर्दो नभए पनि त्यसकै भर पर्नु परेको उनको गुनासो छ ।
अहिले धमाधम निर्माणका कामको टेण्डरका सूचना प्रकाशित गर्ने समय हो । तर वेभसाइट नचल्दा कार्यालयका लागि तथा निर्माण व्यवसायीलाई पनि समस्या भएको छ । ‘सूचनै मात्रै त फेसबुक पेजहरुबाट पनि सार्वजनिक हुन्छ तर त्यसलाई आधिकारिक मानिदैन । हामीले केही सूचना तथा जानकारी लिनुप¥यो भने पनि कुनै पनि वेभसाइट चलेका छैनन् । हामीले प्रकाशित गर्नुप¥यो भने पनि हाम्रो पनि चलेका छैनन्’, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले भने, ‘हामीले सम्बन्धित ठाउँमा जानकारी र चासो राखिरहेका छौँ । छिट्टै खुल्छ भनेका छन् । आशामै बसेका छौँ ।’
अव खुल्दा नयाँ लेआउट डिजाइनमा खुलाउने उनको भनाइ छ । गोरखाका पालिकाको मात्र नभै अहिले कुनै पनि सरकारी वेभसाइटहरु खुलेका छैनन् । ह्याकरले विश्वभरका वेभसाइटहरु ह्याक गरेको भन्दै सरकारले एकसाथ वेभसाइट बन्द गरेको हो ।




