
श्रम संस्कृति पार्टी गोरखाद्वारा ‘श्रमदान कार्यक्रम’
श्रम संस्कृति पार्टी गोरखा जिल्ला कार्यसमितिले आफ्नो प्रथम वार्षिक उत्सव श्रमदान कार्यक्रम गरेर मनाएको छ । सोमबार गोरखा सदमुकामस्थित रानीपोखरी परिसरमा सरसफाई गरेर प्रथम वार्षिक उत्सव मनाएको पार्टीका मनोहर ढकालले बताए ।
उनका अनुसार श्रम संस्कृति पार्टीको मूल मर्म अनुरुप गोरखा जिल्ला समितिले पनि श्रमदान गरेर पार्टीको स्थापना दिवस मनाएको हो । श्रम संस्कृति पार्टी गोरखाले आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने उनको भनाइ छ ।
श्रम संस्कृति पार्टी गोरखाका सदस्य एवं पदाधिकारीहरु मिलेर सोमबार रानीपोखरी परिसरमा सरसफाई कार्यक्रम संचालन गरेको थियो ।




