| सोमवार, अशोज ४, २०८३

बक्राङ्मा चन्दा असुली गर्दै गरेको अवस्थामा दुईजना पक्राउ

आफूलाई नेकपा(माओवादी) कार्यकर्ता बताउँदै चन्दा माग्दै हिँड्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहिदलखन गाउँपालिका १ बक्राङ्मा चन्दा असुली गर्दै गरेको अवस्थामा दुई जनालाई सो पार्टीको लेटरप्याड तथा छाप र नगदसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

आफुहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ता भएको बताउँदै डर, धाक, धम्की दिई ज्यान लिनेसम्मको भाषा प्रयोग गरी चन्दा असुली गर्ने पालुङटार नगरपालिका ७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मिक्लाजुङ गाउँपालिका –९ मोरङका ३८ वर्षीय राजकुमार माझीलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उनीहरु सहिदलखन गाउँपालिका १ खहरेटोलको रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसंग चन्दा असुल गर्दै गरेको अवस्थामा सोमबार दिउसो एक बजे पक्राउ परेका हुन् । उनीहरुको साथबाट नगद रु २० हजार, सो पार्टीको लेटरप्याड दुईथान, एकथान छाप र ५० प्रति पर्चा पम्प्लेट पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्