
धावा ग्याल्जेनले दिए लाप्राकका बाढी पीडित परिवारलाई राहत
पर्यटन व्यवसायी धावा ग्याल्जेन लामाले रसुवाको बाढीमा परेर बेपत्ता भएका लाप्राकका पीडित परिबारलााई राहत सहयोग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका चुमनुब्री गाउँ कार्यसमितिका सभापतिसमेत रहेका लामाले आइतबार पीडित परिवारलाई दुईलाख १६ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।
उनले बाढीमा बेपत्ता भएका पुरबहादुर गुरुङको परिबारलाई रु ५० हजार, समीर गुरुङको परिबारलाई रु ५० हजार, जितबहादुर गुरुङको परिबारलाई रु ३० हजार, रमेश गुरुङको परिबारलाई रु २५ सहयोग गरेका हुन् ।
त्यस्तै लालबीर गुरुङको परिबारलाई रु २५ हजार, कमबहादुर गुरुङको परिबारलाई रु २५ हजार सहयोग गरेका हुन् । त्यस्तै उत्तरी गोरखा अठारसय खोला तमु समाजलाई रु ११ हजार १११ सहयोग गरेका हुन् ।
गृहमन्त्री सुदन गुरुङ प्रमुख अतिथि तथा सांसद एलिजा गुरुङ विशेष अतिथि रहेको सो कार्यक्रममा धावा ग्याल्जेनले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।




