
बाढी पीडितलाई मुटु फाउन्डेसनको दुईलाख १० हजार सहयोग
भोटेकोशी, त्रिशुली बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मुटु फाउन्डेसनले दुईलाख १० हजार रुपैँया आर्थिक साहयता गरेको छ । मुटु फाउन्डेसनले मनोज एसोसियसन फ्रान्ससँगको समन्वयमा उक्त रकम संकलन गरेर हस्तानतरण गरेको हो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैँक भौचर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तानतरण गरेको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
आफूहरु थप साथ सहयोगका लागि प्रभावित क्षेत्रमा जाने तयारी भैरहेको उनले जानकारी दिए । मुटु फाउन्डेसनले विगत लामो समयदेखि नेपालको विभिन्न क्षेत्रमा स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा उल्लेखिय काम गर्दै आइरहेको छ ।




