| आइतवार, भदौ २७, २०८३

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संघको प्रथम भेलाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा रविन रानामगर, सचिवमा एकबहादुर गुरुङ, सहसचिवमा नारायण सुनुवार र कोषाध्यक्षमा राजीव भट्ट चयन भएका छन् । सदस्यहरूमा रोहित थापामगर, प्रकाश थापा, सन्दीप विक र अनिलकुमार श्रेष्ठ रहेका छन् ।

भेलाले गोरखाका हेभी इक्युपमेन्ट अपरेटरलाई संगठित गर्दै उनीहरूको पेशागत हकहित, सुरक्षा तथा क्षमता विकासका लागि संघलाई अघि बढाउने निर्णयसमेत गरेको छ । निर्माण क्षेत्रको कामलाई प्रभावकारी बनाउन व्यवसायी र अपरेटरबीच आपसी समझदारी आवश्यक रहेको कार्यक्रमका बक्ताहरुको भनाई छ ।

निर्माण व्यवसायी संघ गण्डकी प्रदेशका उपाध्यक्ष बाबुराम श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल हेभी इक्युपमेण्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको प्रथम उपाध्यक्ष प्रेम बहादुर थापा, हेभि इक्युपमेण्ट कास्की अपरेटर संघका अध्यक्ष किशोरप्रसाद गौतम, एमएडब्लू अर्थ मुभर्स गण्डकी प्रदेशका सेल्स हेड कृष्ण प्रसाद तिवारी, गण्डकी प्रदेश सेल्स हेड र अटोवेजका ओमबहादुर क्षेत्री, गोरखाका जेष्ट अपरेटर तथा सल्लाहकार राजुबाबु थापा मगर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्