| बिहिबार, भदौ २४, २०८३

बाढी पीडितका लागि प्याब्सन गोरखाको १४ लाख ५४ हजार सहयोग

भोटेकोशी–त्रिशुली नदीमा आएको अप्रत्याशित बाढी पहिरोसहित देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगार्थ प्याब्सन गोरखाले १४ लाख ५४ हजार ७०९ रुपैयाँ सहयोग गरेको छ।

प्याब्सन केन्द्रीय समिति तथा प्याब्सन गोरखाको आह्वानमा जिल्लाका संस्थागत विद्यालयहरुले विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र विद्यालय प्रशासनको तर्फबाट स्वेच्छिक रुपमा संकलन गरेको उक्त रकम ‘प्याब्सन रिलिफ फन्ड’ मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्याब्सन केन्द्रमा पठाइएको प्याब्सन गोरखाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार जिल्लामा कुल २४ वटा निजी विद्यालय रहेकामा १८ वटा विद्यालयले स्वेच्छिक रुपमा सहयोग गरेका हुन् । जसमा ओल्ड क्यापिटल सेकेन्डरी स्कुलले सबैभन्दा बढी ३ लाख ९० हजार, मोडर्न सेकेन्डरी इङ्लिस बोर्डिङ र गोरखा इङ्लिस बोर्डिङले २ लाख ७५ हजार ८१५, ब्राइट फ्युचर एकेडेमीले १ लाख १११ रुपैयाँ सहयोग गरेको छ।

यस्तै युनाइटेडले ७७ हजार १५, जेनियसले ७२ हजार ६५५, लाप्राकले ६८ हजार ८८५, थानपोखरी बालज्योतीले ५७ हजार ५०५, नेपाल ग्लोबल युनिभर्सलले ३२ हजार ६६६, गोरखा मोडर्नले ३२ हजार ५२५, गोरखा मनकामनाले ३१ हजार ३१ रुपैयाँ लगायत अन्य विद्यालयहरुले सहयोग गरेका छन् ।

त्यसैगरी द ज्ञान वाग स्कुलले ४५ हजार, नेपलिज एड्भान्सले ५१ हजार ५१, सूर्यमूखी इङ्लिस बोर्डिङले स्कुलले ५० हजार ५०५, न्यू होराइजनले ४० हजार, बुद्ध हिमाल एकेडेमीले २५ हजार, फुलबारी पाठशालाले ४० हजार एक सय, पौवाटार प्रगती स्कुलले १७ हजार ५०५ र एभर ग्रिन इङ्लिस बोर्डिङले स्कुलले ४६ हजार ३४० गरि जम्मा १४ लाख ५४ हजार ७०९ रुपौँया प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्याब्सन केन्द्रमा पठाइएका अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्