
राजतन्त्र पुनर्वहालीको माग गर्दै हस्ताक्षर अभियान
शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित गोरखामा पनि हस्ताक्षर संकलन कार्य थालेको छ ।
बुधबार गोरखा सदरमुकामको हरमटारी चोक तथा विभिन्न अन्य ठाउँहरुमा पनि राजतन्त्रको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिएको राप्रपा गोरखाका प्रवक्ता ठाकुर लामिछानेले जानकारी दिए ।
सो अभियानमा जिल्लास्तरका राप्रापाका नेताहरुले समन्वय गरिरहेका छन् ।




