
बाढी पीडितलाई सतिपिपल भाङबारी टोल विकास संस्थाद्वारा राहत
गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको सतिपिपल भाङ्गबारी टोल विकास संस्थाले एकलाख ४० हजार ३३० रुपैयाँ राहत दिएको छ ।
बुधबार टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङ र अन्य पदाधिकारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेका हुन् ।

टोल विकास संस्थामा आवद्ध ११२ घरधुरीले आफ्नो स्वेच्छाले दिएको रकम जम्मा गरेर बाढी पीडितका लागि सहयोग गरेको अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।




