| बिहिबार, भदौ २४, २०८३

बिसिएम प्रतिष्ठानद्वारा बाढी पीडितलाई ३ लाख ५३ हजार सहयोग

भोटेकोशी–त्रिशुली बाढी पीडितको सहयोगार्थ बिसिएम ट्रस्ट (बद्री एण्ड चित्र मास्के प्रतिष्ठान) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तीन लाख ५३ हजार ३२० रुपैयाँ सहयोग गरेको छ ।

एएफपिएन फ्रान्सबाट स्वास्थ्य शिक्षामा छात्रवृत्तीको लागि आएको रकमबाट विपदका लागि छुट्टाइएको रकममा ट्रस्टले थपथाप गरी राहत कोषमा जम्मा गरिएको प्रतिष्ठानका संस्थापक बद्री मास्केले जानकारी दिए ।

विपद्को यस कठिन घडीमा पीडितलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्