| मङ्लबार, भदौ २२, २०८३

बाढी पीडितलाई ओल्ड क्यापिटल स्कुलको तीन लाख ९० हजार राहत

गत भदौ १० गतेको भोटेकोशी–त्रिशुलीको बाढीका पीडितहरुका लागि गोरखाको दि ओल्ड क्यापिटल स्कूलले तीनलाख ९० हजाररुपैयाँ राहत दिएको छ ।

सोमबार विद्यालयका अध्यक्ष सुरेन्द्र कुँवर र प्रिन्सिपल जनक केसीले सो रकम प्याव्सन रिलिफ फण्डमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेका हुन् । विद्यालयले स्कूलका विद्यार्थी तथा अभिभावकबाट एकलाख ९६ हजार चारसय ४४ रुपैयाँ, शिक्षक तथा कर्मचारीहरुबाट एकलाख १३ हजार ५५६ र विद्यालयको तर्फबाट ८० हजार रुपैयाँ संकलन गरी पठाएको प्रिन्सिपल केसीले जानकारी दिए ।

यस्तै नेपाल वितरक महासंघले पनि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषको खातामा दश लाख दश हजार १११ रुपौँया जम्मा गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्