
विपद्का घाइतेहरुको उपचारार्थ सशस्त्रको रक्तदान
विपद्का समयमा राहत तथा उद्धारसँगै घाइतेहरुको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन सशस्त्र प्रहरीले रक्तदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको संयोजनमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । भोटेकोशी बाढीमा परि घाइते भएकाहरुको उपचारमा थप सहयोग पु¥याउने उदेश्यले रक्तदान गरिएको शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरेले बताए ।
‘विपद्को बेला रक्तदान जस्तो मानवीय कार्यले महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने हाम्रो बुझाई हो ’उनले भने ।
कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाइटी चितवन, इच्छाकामना गाउँपालिका तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कुल ६५ जनाले रक्तदान गरेका थिए ।




