| शुक्रबार, भदौ १८, २०८३

अजिरकोटले बाढी पीडितलाई रु २७ लाख ६६ हजार सहयोग गर्ने

जिल्लाको अजिरकोट गाउँपालिकाले भोटेकोशी–त्रिशुली बाढी पीडितहरुलाई २७ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाले बिहीबार विज्ञप्ति जारी गरी पीडितहरुका लागि सो रकम सहयोग गर्ने जनाएको हो ।

पालिकाको विपद व्यवस्थापन कोषबाट रु पाँच लाख र बाँकीको रकम त्यहाँका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको पारिश्रमीबाट संकलन गरी सहयोग जुटाएर हस्तान्तरण गर्ने सो विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्