| मङ्लबार, भदौ १५, २०८३

गोरखाका उद्योगी व्यवसायीहरुद्वारा बाढी पीडितलाई सहयोग

गोरखाका उद्योगी, व्यापारी संवद्ध संघ संस्थाहरुले भोटेकोशी–त्रिशूली बाढी पीडितहरुलाई सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।गोरखा उद्योग वाणिज्य संघको नेतृत्वमा संकलित एकलाख ८३ हजार रुपैयाँ ती संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन् ।

गोरखा उद्योग वाणिज्य संघले एक लाख, महिला उद्यमी विकास समितिले ५० हजार, नाई संघले १८ हजार, फेन्सी व्यवसायी संघले १५ हजार गरी कूल १ लाख ८३ हजार रुपैयाँ गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न चेक हस्तान्तरण गरिएको संघका अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्