| मङ्लबार, भदौ १५, २०८३

गोरखामा फेला परेका तीन शवको सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखामा भेटिएका तीन मृतकको शवको सनाखत भएको छ । त्रिशुलीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शवहरु पहिचान भएपछि आफन्तले बुझेर लगेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्दकपुर गाउँपालिका ३ तुलुबुङ्गा इलामका ३८ बर्षका दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका ६ गोरखाका ५५ बर्षका यमबहादुर थापा र तानसेन नगरपालिका १० पाल्पाका ३४ बर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो ।

दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, यमबहादुरको शव श्रीमती इन्दिरा चौलागाईँलाई र दीपेन्द्रको शव दाजु दिपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरीको भनाइ छ । त्रिशुली किनारमा भेटिएका ती शव गोरखामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्