| बिहिबार, भदौ १०, २०८३

बाढीले बगाएर ल्याएका २० वटा शव त्रिशूली नदीको गोरखातर्फ फेला

गोरखा । भोटेकोशीमा हिजाे गएको बाढीले बगाएर ल्याएका २० वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ २० वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । “शव धमाधम फेला परिरहेका छन् । हालसम्म २० वटा फेला छ”, उनले भने । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्