| शुक्रबार, भदौ ४, २०८३

जबर्जस्ती करणीको आरोपमा मसेलबाट एकजना पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भीमसेनथापा गाउँपालिका १ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार यादव पौडेललाई पक्राउ गरेको हो ।

उनीमाथि बिहिबार जबर्जस्ती करणीको मुद्दा दर्ता भई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । मोरङ घर भएका यादव घ्याम्पेशालमा निर्माणाधीन पेट्रोलपम्पमा काम गर्ने कामदार हुन् ।

प्रतिक्रिया दिनुहोस्