
पहिरोले फिनाम गरापानीका चार किसानको गोठमा क्षति
अविरल बर्षापछिको पहिरोले गोरखा नगरपालिका ४ गरापानीका चारजना किसानको गोठमा क्षति पुगेको छ । गोरखा–आरुघाट सडक खण्डको सडक छेउबाट २५ मिटर तल गएको पहिरोले स्थानीय भुपाल बयलकोटीको ढुङगा, माटोबाट बनेको टिनले छाएको गोठ पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही पहिरोले स्थानीय रामबहादुर बयलकोटीको ढुङगा, माटोबाट बनेको, टिनले छाएको गोठमा आंशिक क्षति भएको छ । त्यसैगरी सोही पहिरोले स्थानीय भक्तबहादुर बयलकोटीको ढुङगा, माटोबाट बनेको टिनले छाएको गोठ आंशिक क्षति भएको प्रहीले जनाएको छ ।
प्रहरीका अनुसार अर्का स्थानीय नन्द बयलकोटीको ढुङगा, माटोबाट बनेको, टिनले छाएको गोठ आंशिक क्षति भएको छ ।




