| शुक्रबार, साउन २१, २०८३

ग्यास अभाव हुन नदिन सर्वपक्षीय समन्वय र सहकार्य गर्ने निर्णय

विगत एकहप्तादेखि जिल्लामा खाना पकाउने ग्यासको अभाव भई सरल र सहज रुपमा ग्यास उपलब्ध हुन नसकेकाले यो असहज अवस्थामा कसैले कृतिम अभाव, कालोबजारी, जम्माखोरी सिर्जना गर्ने गराउने काम हुनसक्ने भएकाले यसप्रति सबै निकायहरुले सुक्ष्म अनुगमन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने निर्णय भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा समग्र आपूर्ति र वितरण व्यवस्था सन्तुलित व्यवस्थित र प्रभावकारी बनाई उपभोक्ता हित संरक्षण गर्ने कार्यमा विषयगत कार्यालय, नियमनकारी निकायहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, उत्पादन र वितरण कार्यमा संलग्न सबै उद्योगी व्यवसायीहरु थप जिम्मेवार भई कानुन वमोजिम परिचालित हुने निर्णय भएको हो ।

डिलरको माग वमोजिम ग्यास आपूर्ति नभएको र अभाव हुने त्रासले उपभोक्ताले अधिक संचय गर्नाले अहिले ग्यास अभाव भएको ठहर गर्दै बैठकले ग्यास डिलर व्यवसायीले माग अनुसारको ग्यास यथासंभव समयमा नै ल्याई समन्यायिक तरिकाले वितरण गर्न आग्रह गर्ने निर्णय भएको छ ।

त्यस्तै स्थानीय तह, नियमनकारी निकायबाट जिल्लामा ग्यास उद्योगमार्फत माग वमोजिम ग्यास आपूर्ति गर्न ग्यास डिलर व्यवसायीको कार्यमा सहजीकरण गर्ने पनि निर्णय भएको छ । त्यस्तै स्थानीय तह तथा विषयगत कार्यालयहरुले सरोकारवाला सबै निकायको संलग्नतामा नियमित, व्यापक र प्रभावकारी अनुगमन योजना र कार्यक्रम बनाई समग्र जिल्ला समेटिने गरी कार्यान्वयन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्