
मनकामना मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना
प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । मनकामना क्षेत्र विकास समिति र सहिदलखन गाउँपालिकाको संयुक्त साझेदारीमा स्थापना गरिएको कक्षको बुधबार एक औपचारिक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।
क्षेत्र विकास समितिका अध्यक्ष काजीवावु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समितिका अध्यक्ष तथा प्रमुख अतिथि शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले संयुक्त रुपमा रिवन काटी उदघाटन गरिएको हो ।
भक्तजनहरुको स्वास्थ्य सेवालाई लक्षित गरी स्वास्थ्य सहायता कक्ष उदघाटन गरिएको हो ।
बार्षिक दशौं लाख भक्तजनहरु आउने र निरहार रही लाइनमा बस्दा स्वास्थ्य समस्या भई मृत्युसमेत हुने गरेकाले इसिजीसम्मको प्राथमिक उपचार मन्दिर परिसरमा नै उपलब्ध हुने गरी कक्ष स्थापना गरिएको छ । उद्घाटनका दिन बुधबार २० जना भन्दा बढी भक्तजनले स्वास्थ्य परिक्षण गराएका छन् ।
यसका साथै स्थानीय वृद्ध तथा असक्तहरुलाई आकस्मिक उपचार गर्ने लक्ष्यका साथ यो सहायता कक्ष स्थापना गरिएको छ । शहिदलखन गाउँपालिकाले जनशक्ति व्यवस्थापन गर्ने तथा मनकामना क्षेत्र विकास समितिले अन्य संपूर्ण व्यवस्थापनको जिम्मेवारी लिने समझदारी छ ।
सो स्वास्थ्य सहायता कक्षका लागि मनकामना दर्शन प्रालिले मेडिकल सामाग्री सहयोग गरेको छ । साथै मनकामना मन्दिरका मूल पुजारीले पनि मासिक रुपमा केही खर्च व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका समितिका कार्यकारी निर्देशक अन्जन बस्न्यातले बताए ।




