| सोमवार, साउन १७, २०८३

सिरानचोकका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित

राष्ट्रिय विभूति अमरसिँह थापाको स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । सिरानचोक गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदानलाई भावी पुस्तासम्म पु¥याउने अभियानमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको भन्दै उनलाई राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले सम्मान गरेको हो ।

शनिबार राष्ट्रिय विभूति अमरसिंह थापाको २१० औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनी सम्मानित भएका हुन् । ‘अमरसिंह थापाका बुबा उमराव बाघ भिमसेनथापाको सिरानचोक गाउँपालिकामा रहेको किल्ला संरक्षण, बडाकाजी अमरसिंह थापाको शालिक स्थापना तथा गाउँपालिकामा स्मृति दिवसमा बिदा दिने प्रचलन थालनी जस्तो कार्यमा पु¥याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै यो सम्मानपत्र प्रदान गरिएको छ’, सम्मानपत्रमा भनिएको छ ।

सिरानचोक गाउँपालिकाका प्रथम अध्यक्ष, पालिकाको वडा नं ७ निवासी राजु गुरुङले राष्ट्रको इतिहास, संस्कृति तथा गौरवको संरक्षणमा देखाएको समर्पण, सक्रियता र सहयोगले राष्ट्रिय विभूतिको योगदानलाई भावी पुस्तासम्म पु¥याउने अभियानमा महत्वपूर्ण प्रेरण प्रदान गरेको राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्