| बुधबार, साउन ५, २०८३

आरुघाट–लार्के सडकको सोती माछाखोला खण्ड अवरुद्ध

बेनिघाट–आरुघाट–लार्के सडकको सोती–माछाखोला खण्ड अवरुद्ध भएको छ । अबिरल बर्षापछि सो खण्डको लिदिङस्थित सडक पहिरो गएकाले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

सो ठाउँमा पहिरो हटाएर सडक मर्मत गर्न अनुमानित ६ देखि ७ घण्टासम्म लाग्ने हुँदा हाल सडक अवरुद्ध नै रहेको उनले बताए । सडक मर्मतको काम बुधबार बिहान ६ बजेदेखि मात्र सुरु हुने उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्