| मङ्लबार, साउन ४, २०८३

‘घो’देखि छेकम्पारसम्म केही दिनका लागि खच्चड हिडाउन निषेध

चुमनुब्री गाउँपालिका वडा नं ७ को घो’देखि छेकम्पारसम्म खच्चड हिडाउन रोक लगाइएको छ । घो’देखि छेकम्पारसम्मको चौरीखर्क क्षेत्रमा सोमबारदेखि आउँदो शनिबारसम्म खच्चड हिडाउन रोक लगाइएको हो ।

चौरीखर्क खण्डमा पैदल बाटो स्तरोन्नति कार्य अन्तरगत बाटो ढलान गर्न लागिएकाले खच्चड हिडाउन रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

ढलान कार्यको गुणस्तरीयता कायम गर्न तथा निर्माण कार्यमा बाधा व्यवधान आउन नदिन केही दिन बाटोमा खच्चड हिँडाउन रोक लगाइएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्