
गोरखामा करेण्ट लागेर एक महिला र पाँच बाख्राको मृत्यू
गोरखामा करेण्ट लागेर बाख्रा गोठालो गएकी एक महिला र पाँचवटा बाख्राको मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका २ माथिल्लो कटुञ्जे निवासी ६५ बर्षकी धनकुमारी गुरुङको आइतबार साडे तीनबजे करेण्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार माथिल्लो कटुञ्जेको पुनाचौतारास्थित रुखमा विद्युत तार सर्ट भई करेण्ट प्रवाह भएको र सो पोलमा आगलागी हुँदा ३० मिटर पर रहेकी धनकुमारी गुरुङ र पाँचवटा बाख्राको मृत्यू भएको हो ।
करेण्ट लागेर बेहोश भएकी गुरुङलाई प्रहरी र स्थानीयबासीले उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लैजाँदा अस्पतालले उनको मृत्यू भएको घोषणा गरेको थियो ।




