| आइतवार, साउन २, २०८३

गोरखाका दुवै रोटरी क्लवद्वारा वृक्षरोपण

गोरखाका दुवै रोटरी क्लवले शनिबार बिहान वृक्षरोपण गरेका छन् । रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ बज्रमनास्लुले गोरखा क्याम्पस र चिल्ड्रेनपार्क क्षेत्रमा वृक्षरोपण गरेका हुन् । रोटरी क्लव अफ गोरखाले गोरखा क्याम्पस परिसरमा वृक्षरोपण गरेको हो । क्लवले गोरखा क्याम्पस परिसरमा आँप, अम्बा, अमला, सितल चिनी र धुपीका ६५ थान वृक्षरोपण गरेका हुन् ।

क्लवका अध्यक्ष रामहरि केशीको अध्यक्षतामा क्याम्पस वृक्षरोपण कार्यक्रममा क्याम्पस प्रमुख नवराज पाण्डे, क्लवका असिस्टेण्ट गभर्नर ज्ञानहरि अर्याल, सर्भिस प्रोजेक्ट चेयर विशाल रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा क्लवले क्याम्पसलाई घाँस काट्ने मेसिन हस्तान्तरण गरेको थियो

त्यस्तै रोटरी क्लव अफ बज्र मनस्लुले चिल्ड्रेनपार्क, खड्गदेवी मन्दिर परिसर तथा गोरखा भ्यूप्वाइण्ट परिसरमा वृक्षरोपण गरेको छ । क्लवले धुपी, अम्बा, पारिजात, कपुरलगायतका १५० थान वृक्षरोपाण गरेको हो । क्लवका अध्यक्ष राजु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, वडा नं. ५ का वडाअध्यक्ष विष्णु राना मगर, क्लवका सर्भिस प्रोजेक्ट डाइरेक्टर गोकर्ण राना मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्