
साउन चार गतेसम्म गोरखाको विद्युत काउन्टर बन्द हुने
आगामी साउन चार गतेसम्म जिल्लाको विद्युत काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितारण केन्द्रले बिहीबार एक सूचना जारी गर्दै साउन १ गतेदेखि ४ गतेसम्म केन्द्रको महसुल संकलन काउन्टर बन्द हुने जनाएको हो ।
सरकारको विद्युत महसुलमा भ्याट लागु गर्ने निर्देशन अनुसार साउन १ गतेदेखि लागु हुने गरी सिस्टममा भ्याटको प्याच लागु गनुपर्ने भएकाले काउन्टर बन्द गर्न लागेको कार्यालयले जानकारी दिएको छ ।
सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा आर्थिक वर्ष २०८३/०८४ देखि लागु हुने गरी विद्युत महसुलमा भ्याट लागु गर्ने निर्णय गरेको थियो ।




