
अभिभावकलाई डिजिटल सुरक्षा सम्बन्धी सचेतना
डिजिटल प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे अभिभावकलाई सचेत बनाउन भिमसेनथापामा डिजिटल सुरक्षा शिक्षा कार्यक्रम सम्पन्न भएको छ । डिजिटल ब्रिजेज फर नेपालको आयोजनामा गाउँपालिकाको दुई विद्यालयहरुमा सो कार्यक्रम सम्पन्न भएको हो ।
पालिकाको वडा नं ४ स्थित प्रभात मावि र वडा नं ५ को शान्ति माविमा कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका भोलाथान ढकालले बताए । प्रभात माविका ४९ र शान्ति माविका ३२ जना विद्यार्थी तथा अभिभावकहरुले कार्यक्रममा सहभागिता जनाएको उनले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुलाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर जोखिम, जिम्मेवार डिजिटल व्यवहार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा बालबालिकालाई डिजिटल प्रविधिको सुरक्षित उपयोगमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिमुखीकरण गराएको ढकालले बताएका छन् । साथै, डिजिटल माध्यममा देखिन सक्ने जोखिम न्यूनीकरणका व्यावहारिक उपायहरूबारे अन्तरक्रियात्मक छलफल समेत भएको उनको भनाई छ ।




