| शुक्रबार, साउन १, २०८३

बाह्रकिलोको भग्नावशेष हटाउँदै वन डिभिजन

समय सीमाभित्रै पसलवालाहरुले घर टहरा खालि गरेपछि वन डिभिजन कार्यालयले बाह्रकिलो बजारको भग्नावशेष हटाउन सुरु गरेको छ । गोरखा नगरपालिका–११ स्थित वन क्षेत्र अतिक्रमण गरी बनाइएका बाह्रकिलो वजारका घरटहराका भग्नावशेष हटाएर तारबार लगाउन सुरु गरिएको डिभिजनल वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए ।

‘१५० मिटर लामो तारबार गर्दैर्छौँ’, उनले भने, ‘त्यसपछि यहाँ वृक्षारोपण पनि गर्नेछौँ । यहाँ सवारी साधन नरोक्ने व्यवस्था मिलाउन प्रहरी, प्रशासनलाई पनि भनिसकेका छौँ ।’ १० बर्षअघि हटाइएका घरटहरा फेरि जगाएर बजार गुल्जार गरेकाले यसपटक पसल बनाउन नमिल्ने गरी तारबार गर्न लागिएको उनको भनाइ छ ।

‘२०७३ सालमा पनि वन डिभिजनले यहाँका पसल घर टहरा हटाएको हो तर, पछि फेरि जस्ताको तस्तै गरी बजार बनाए’, उनले भने, ‘अबचाहिँ फेरि पसलघर बनाउन नमिल्ने गरी वन क्षेत्रको जग्गा संरक्षणको लागि तारबार लगाउन सुरु गरेका हौं ।’ अब फेरि यस्ता खाले समस्या नदोहोरिने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्