| सोमवार, असार २८, २०८३

बसपार्कमा सहिद श्यामसुन्दर श्रेष्ठको शालिक अनावरण

गोरखा बसपार्कमा सहिद श्यामसुन्दर श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्यामसुन्दर स्मृति प्रतिष्ठानले निर्माण गरेको सो शालिक आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अनावरण गरेका हुन् ।

विसं २०५५ साल मंसिर १५ गते तत्कालीन माओवादीले हत्या गरेको श्रेष्ठको सम्झनामा गोरखा बसपार्कमा उनको पूर्णकदको शालिक राखिएको थियो । सडक बिस्तार भएपछि पहिलेको स्थानबाट स्थानान्तरण गरी श्रेष्ठको शालिक हाल थप व्यवस्थित रुपमा केही तल निर्माण गरिएको हो । बसपार्कको मुख्य सडक नजिकै कम्पाउन्डिङ गरेर सहिद श्यामसुन्दर श्रेष्ठको अर्धकदको शालिक निर्माण भएको नेविसंघ गोरखाका अध्यक्ष शिवहरी तिमल्सिनाले बताए ।

श्यामसुन्दर स्मृति प्रतिष्ठानका अध्यक्ष चन्दनबाबु खत्रीको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङग्रेस गोरखाका सभापति एवं प्रदेश सरकारका उर्जा, खानेपानी तथा सिंचाई मन्त्री नन्दप्रसाद न्यौपाने, गोनपा ६ का वडाअध्यक्ष दिलिप जोशी, बसपार्क टोल विकास संस्थाका अध्यक्ष काजी मियाँ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्