| सोमवार, असार २८, २०८३

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८३ साल असार २९ गते सोमबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८३ सालका लागि अन्य दुईवटा प्रदेशस्तरीय सार्वजनिक बिदा पनि तोकेको छ । प्रदेशको राजपत्रअनुसार, कोजाग्रत पूर्णिमाको अवसरमा आगामी कात्तिक ८ गते आइतबार र प्रदेश स्थापना दिवसको दिन माघ २२ गते शुक्रबार पनि प्रदेशभर बिदा हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत ५ गते प्रकाशित राजपत्रका अनुसार यी बिदाहरू तय गरिएको छ । यो बिदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्