| शुक्रबार, असार २५, २०८३

कालुपाण्डे संग्रहालयमा नेपाली सेनाद्वारा सत्तल निर्माण

जिल्लाको कालुपाण्डे संग्रहालयमा नेपाली सेनाले सत्तल निर्माण गरेको छ । ऐतिहासिक पुरुष कालु पाण्डेको जन्मस्थान पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङमा निर्माणाधीन संग्रहालयमा सेनाले निर्माण गरेको सत्तल एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशस्थित पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सत्तलको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै सो वडाका वडाअध्यक्षले नेपाली सेनाद्वारा निर्मित सत्तलले काजी कालुपाण्डे संग्रहालयको शोभा बढाउनुका साथै यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले लाभ लिन सक्ने औंल्याए ।

यहाँ आउने अवलोकनकर्ता, अनुसन्धानकर्ता, आन्तरिक तथा वाह्य पर्यटक यस सत्तलबाट लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत यस्ता कार्यक्रमले मुलुकको ऐतिहासिक सम्पदाको संरक्षणसंगै पर्यटन विकासमा टेवा पु¥याउने विश्वास लिइएको उनले बताए ।

नेपाली सेनाले गोरखा दरबार, लिगलिगकोट दरबार, श्रीनाथकोटलगायतका ऐतिहासिक सम्पदालाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्