| मङ्लबार, असार २२, २०८३

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फाले पाँच हजार जरिवाना

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फालेमा रु पाँच हजार जरिवाना लाग्ने भएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले पालिकाबासीलाई सचेत गराएको हो ।

गोरखा नगरपालिका वडा नं १३ को गोरखा प्रवेशद्वारदेखि वडा नं ६ बसपार्कसम्म सडकको दायाँ बायाँ तथा अन्य स्थानहरुमा पनि सवारी साधन र अन्य माध्यमबाट जथाभावी फोहोर फलेमा जरिवाना हुने उक्त सूचनामा उल्लेख छ । आगामि साउन ४ गतेबाट सो नियम लागु हुने पालिकाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्