| सोमवार, असार १४, २०८३

जंगली खानेकुराले ६ जना बिरामी

जंगली फल खाँदा गुम्वाका ६ जना बालबालिका बिरामी भएका छन् । चुमनुव्री गाउँपालिका ७ लामागाउँस्थित चुम गुम्वा जाने क्रममा पहिचान नभएको जंगली फल खाएर उनीहरु बिरामी परेका हुन् ।

‘काठमाडौंको कालिमाटीस्थित फर्पिङ गुम्वाबाट पढ्नका लागि भनेर गोरखाको चुम गुम्वा जादै रहेछन्,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘चौरीखर्क भन्ने स्थानमा पहिचान नभएको फल खाएछन् अनि बिरामी भए ।’ वान्ता हुने टाउँको दुख्ने जस्ता लक्षणहरु उनीहरुमा देखिएको श्रेष्ठले बताए ।

बिरामी परेकामध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरुको छेकम्पार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । काठमाडौंको फर्पिङ गुम्वाबाट शिक्षक पासाङ लामासहित ३२ जना बालबालिका शुक्रवार उत्तरी गोरखाको चुम गुम्वाका लागि हिडेका थिए । शनिवार चौरीखर्क पुगेका उनीहरु जंगली फल खाएर बिरामी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्