| बिहिबार, असार १०, २०८३

गोरखा नगरपालिकाको अनुमानित बजेट एक अर्ब तीन करोड २४ लाख रुपैँया

गोरखा नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी एक अर्व तीन करोड २४ लाख ५० हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । नगरपालिकाले बुधबार उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गोनपाले संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट २१ करोड २४ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । यस्तै, संघीय समपुरक अनुदान तर्फ २ करोड ५९ लाख, संघीय बिशेष अनुदान तर्फ १ करोड ८० लाख र संघीय राजश्व बाँडफाड तर्फ १० करोड २२ लाख ३० हजार प्राप्त गर्ने पालिकाको अनुमान छ ।

यसैगरी, प्रदेश सरकारको राजश्व बाँडफाँडतर्फ १ करोड ५९ लाख ७९ हजार ६ सय ८ रुपैया, प्रदेश बिशेष अनुदानतर्फ ३९ लाख ९५ हजार तथा संघीय सशर्त अनुदानतर्फ ३९ करोड ७४ लाख रुपैँया प्राप्त गर्ने अनुमान पालिकाको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा आन्तरिक राजश्वबाट आठ करोड ९६ लाख १३ हजार ३ सय ९२ र नगद मौज्दात तर्फ १३ करोड संकलन हुने पालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नगरपालिकाको आवश्यक साझेदारी तथा पूँजीगततर्फ एकमुस्ट ५ करोड बजेट बिनियोजन गरेको छ । यस्तै, शिक्षातर्फ तीन करोड, स्वास्थ्य र आयुर्वेदतर्फ एककरोड ७० लाख, सामाजिक विकासतर्फ एककरोड ६० लाख तथा कृषि तथा पशु विकास तर्फ एककरोड २० लाख बिनियोजन गरेको छ ।

यसैगरी, न्यायिक समिति तथा उप प्रमुख सवल नेतृत्व विकास कार्यक्रमतर्फ ६५ लाख, वन बातावरण तथा बिपद व्यवस्थापनतर्फ ६० लाख, संगठन विकास तथा सुशासनतर्फ ३५ लाख, क्रमागत ठेक्का र अन्य दायित्वतर्फ दुई करोड, नगर बिकास कोष, सडक बोर्ड नेपाल, मुख्य मन्त्री नवप्रवर्तन कार्यकम लगायत बिभिन्न साझेदारीमा गर्नुपर्ने आवश्यक कार्यको लागि एक करोड बिनियोजन भएको नगरपालिकाले जनाएको छ ।

खेलकुद कार्यक्रममा रु ७५ लाखसहित नगरपालिकाले आवश्यक ठानी गर्नुपर्ने सम्पूर्ण योजना तथा कार्यक्रमका लागि ७ करोड १ लाख ५५ हजार रुपैया बिनियोजन गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्