
फोटो पत्रकार समूह गोरखाको अध्यक्षमा श्रेष्ठ चयन
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ चयन भएको छ । समूहको मंगलबार सम्पन्न दोस्रो जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
भेलाले कार्यसमितिको उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा मेलिना बराम, कोषाध्यक्षमा अस्मिता सिम्खडा तथा सदस्यहरूमा दीपक श्रेष्ठ, सुदीप श्रेष्ठ र विराज त्रिपाठी चयन भएका छन् ।
एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।




