
शुक्रबार बारपाक सुलिकोटको सेवा बन्द रहने
बारपाक सुलिकोट गाउँपालिकाबाट प्रवाह हुने सेवा शुक्रबार बन्द रहने भएको छ । असार ५ गते गाउँपालिकाको १९ औं गाउँसभा रहेकोले सेवा प्रवाह बन्द रहने बुधबार सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ ।
सो दिन गाउँपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरुको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने सूचनामा उल्लेख छ ।




