| मङ्लबार, असार १, २०८३

मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । गत जेठ २९ गते गोरखा नगरपालिका– ४ डेरागाउँमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गोरखा नगरपालिका ३ होल्सिङका २६ बर्षीय रवि बोगटीको मंगलबार दिउसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

बोगटी ताप्लेबाट गोरखा बजारतर्फ फर्कने क्रममा गत शुक्रबार राती करिब ९ः४० बजे दुर्घटनामा परी घाइते भएको गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडक किनारामा रहेको विद्युतको पोलमा ठोक्किदाँ बोगटी गम्भीर घाइते भएका थिए । उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

उनलाई तत्कालै प्रादेशिक अस्पताल गोरखामा सामान्य उपचार पछि चितवनको सिएमसी लगिएकोमा उपचार हुन नसकेपछि त्यहाँबाट पनि राजधानीको बाँसबारी न्युरो अस्पताल पठाइएको थियो । न्यूरो अस्पतालले जेठ ३१ गते आइतबार उपचार सम्भव नभएको भन्दै फिर्ता गरेपछि बोगटीलाई सोही दिन गोरखा अस्पताल ल्याएर आईसियुमा राखिएको थियो ।

उनलाई मंगलबार दिउसो चिकित्सकले मृत घोषणा गरेको हो । उनी ईन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकका गोरखाका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्