
गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य ८,१५३
गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठित सदस्य संख्या आठहजार नाघेको छ । पार्टीले हालसम्म आठहजारभन्दा धेरैजनालाई संगठित सदस्यता प्रदान गरेको जिल्ला सचिव मिलन रानाले जानकारी दिए ।
चारबर्षअघि गठन भएको रास्वपाको हालै गोरखामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदस्यता सँधै खुल्ला रहने सचिव रानाले जानकारी दिए ।
हालै जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको सो पार्टीले चितवनमा महाधिवेशनको आयोजना गर्दैछ ।




