| शनिबार, जेष्ठ २९, २०८३

बर्षाभरि गाउँका कच्ची सडकमा हेभी इक्वीपमेण्ट निषेध

बर्सातका बेला गाउँका कच्ची सडकमा हेभी इक्वीपमेण्ट सञ्चालन गर्न निषेध गरिएको छ । जिल्लाको सहिदलखन गाउँपालिकाले सडकको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा हेभी इक्विपमेण्ट सञ्चालन नगर्न आग्रह गरेको हो ।

‘सडकको संरक्षण गर्न तथा अत्यावश्यक अवस्थामा सवारी साधन सञ्चालन गर्न बाधा अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा ट्रक, ट्रिपर, ट्रयाक्टरजस्ता हेभी इक्वीपमेण्ट सञ्चालनमा रोक लगाएका छौँ’, गाउँपालिकाका अध्यक्ष रमेश थापाले भने, ‘बर्षाको अवधिभरि सहिद लखन गाउँपालिकाभित्रको सडकमा हेभी इक्वीपमेण्ट सञ्चालन नगर्न, नगराउन सम्बन्धित सबै व्यक्ति, निर्माण व्यवसायी, ढुवानी व्यवसायीहरुमा अनुरोध गरिएको छ ।’ बर्खायाममा आवश्यक पर्ने खाद्यान्न तथा निर्माण सामग्री बर्सात सुरु हुनुअघि नै ढुवानी गरिराख्न पालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्